Friday, June 12News That Matters

कटारीमा नवजात शिशु मृत फेला

उदयपुर ।  कटारीमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ । कटारी नगरपालिका ४ स्थित बसपार्क नजिकैको नालीमा मृत नवजात शिशु फेला परेको हो ।

बच्चा अवैद्य सम्बन्धबाट जन्मेर फ्याकेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । उक्त नवजात शिशु, किन कसरी कसले फालेको हो घटना बारे छानविन भईरहेको छ ।

घटनास्थल मुचुल्का हेर्दा शव एक दिन अगाडी जन्मेर फ्याकेको हुन सक्ने इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक प्रमोद कार्कीले जानकारी दिए । उनका अनुसार शव पोष्टमार्टमको लागि कटारी अस्पतालमा राखिएको छ ।