Monday, July 6News That Matters

कटारीमा माघ २५ देखि फागुन ७ सम्म शिव महापुराण हुने

पूर्णपुष्टि, माघ १७ । उदयपुको कटारी नगरपालिका–३, स्थित महादेव गुफामा आगामी माघ २५ गते देखि फागुनको ७ गते सम्म महापुराणको आयोजना गरिने भएको छ । महादेव गुफा तथा पर्यटन प्रवद्धन व्यवस्थापन समितिको आयोजनामा करिव १३ दिन सम्म शिव महापुराणको आयोजना गरिेन भएको हो ।

गुफा परिसरमा मन्दिर निर्माण व्यवस्थापन तथा धार्मिक पर्यटन प्रवद्धन गर्ने उद्देश्यले महापुराणको आयोजना गरिएको समितिका अध्यक्ष रत्न बहादुर सुनुवारले बताए । उनका अनुसार महापुरानका लागि बिभिन्न समिति तथा उपसमितिहरु समेट गठन गरिने छ । मूल महापुराण समारोह समिति २ सय २६ सदस्यीय गठन गरिएको छ ।