Friday, May 22News That Matters

कटुवा पेस्तोलसहित २ जना पक्राउ

पूर्णपुष्टि, भदौ २५

धनुषाको जनकपुरबाट कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । उपमहानगरपालिका–७ स्थित मुसहरी टोलबाट कटुवा पेस्तोल सहित दुई जना पक्राउ परेका हुन् ।
एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक राउण्ड गोलीसहित जनकपुरधाम लोहना निवासी २१ वर्षीय अजयराज कायस्थ र २४ वर्षीय सुनिलकुमार मण्डल पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रदेश २–००३०० प ७३७७ नम्बरको मोटरसाइकलमा जनकपुरतर्फ आईरहेका उनीहरुलाई हतियारसहित नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।