Wednesday, May 20News That Matters

कतार प्रवेशमा नेपालसहित १४ देशका नागरिकलाई रोक

पूर्णपुष्टि, फागुन २६ गते ।

कतारले नेपालसहित १४ देशका नागरिकलाई अस्थायी प्रवेश रोक लगाएको छ । विश्वभर कोरोना भाईरसको संक्रमण बढ्दै गएकाले कतारले १४ देशका यात्रुलाई अस्थायी रुपमा प्रवेश रोक लगाएको हो ।

नेपाल, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्यान्डका नागरिकलाई कतारी सरकारले सूचना जारी गर्दै प्रवेशमा रोक लगाउने निर्णय गरेको जनाएको छ ।

कतारमा अहिलेसम्म १५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।