Monday, April 20News That Matters

कपडा बैंकको उद्घाटन

उदयपुर, असोज ३ गते । 

संविधान दिवस २०७६, को अवसरमा उदयपुरमा कपडा बैंक उद्घाटन भएको छ । कपडा बैंकको उद्घाटन संगै विपन्न बर्ग र उनीहरुका बालबासिलकालाई वितरणसमेत गरिएको छ ।

गाईघाटको लोकतान्त्रिक पिपल चौममा आयोजित भएको कार्यक्रमको उद्घाटन संघीय सांसद सुरेशकुमार राई (हिमाल) ले गरेका थिए । प्रदेश सांसदहरु, जिल्लाका सरकारी निकायका प्रमुखहरु, नागरिक समाज, पत्रकार, व्यापारी, व्यवसायी लगायतको उपस्थितिमा भएको कार्यक्रमको अध्यक्षता प्राकृतिक प्रेमी समाजका अध्यक्ष दिनेश श्रेष्ठले गरेका थिए ।

विभिन्न सामाजिक संघसंस्थासमेतको सहकार्यमा प्राकृतिक प्रेमी समाजको अगुवाईमा केही दिन यता नयाँ तथा लगाउन मिल्ने राम्रो कपडाको संकलन गरि कपडा बैंकमा जम्मा गरिएका थिए । हाल करिब पाँचसय थान कपडा संकलन भएको र वितरण गरिएको थियो । कपडा बैंक विपन्न, गरिब र विपत्तीमा परेकालाई सहयोग गर्ने हेतुले सूरुवात गरिएको र निरन्तररुपमा चल्ने अभियान्ता तथा गैर सरकारी संस्था महासंघकी सल्लाहकार सिर्जना दनुवारले बताईन् ।