Saturday, May 16News That Matters

कम चलचित्र गर्ने बेनिशा

असोज २८ गते ।

नेपाली चलचित्रको पर्दामा केहि समयदेखि नदेखिएकी नायिका बेनिशा हमाल यतिबेला निर्माता रौनिकविक्रम कँडेलसँग प्रेममा छिन् । निकैपछि बेनिशाले नयाँ चलचित्रको लागि साइन गरेपनि त्यसको छायांकन सुरु हुन सकेको छैन ।

उनी आफै पनि कम चलचित्र गर्ने गरेको बताउँछिन् । उनको यतिबेला सामाजिक संजालको इन्स्टाग्राममा बोल्ड तस्वीर पोष्ट हुन थालेको छ । भर्खरै दुई तस्विर पोष्ट भएको छ । बेनिशा चलचित्रमा काम नगरेपनि जीम गर्ने छुटाउदैनन् । त्यसैले उनले आकर्षक फिगर बनाएकी छिन् ।