
पूर्णपुष्टि, चैत १० ।
जबरजस्ती करणी मुद्दामा ७ वर्ष सजाय सुनाएका फरार प्रतिवादी पक्राउ परेको छ । सुनसरीको बराह नगरपालिका–१० बस्ने ३६ वर्षीय अर्जुन आचार्य भन्ने चूडामणि आचार्यलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले इनरुवाबाट पक्राउ गरेको हो ।
उनलाई उच्च अदालत पाटनले २०७७ साल माघ २६ गते करणी गरेको कसुरमा ७ वर्ष कैद सजाय सुनाएको थियो ।
पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएको प्रहरीले जनाएको छ ।
आचार्यले काठमाडौं महानगरपालिका–१८ ताम्सिपाखामा पीडित महिलालाई विवाह गर्ने भन्दै अनुचित प्रभाव र डर, त्रास देखाएर जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ ।
