Sunday, May 31News That Matters

करेन्ट लागेर एक जना महिलाको ज्यान गयो

पूर्णपुष्टि, मंसिर ३
करेन्ट लागेर झापामा एक जना महिलाको ज्यान गएको छ । झापा गाउँपालिका–६ भृकुटी चौककी ६२ वर्षीया हरिमाया बि.क. को करेन्ट लागेर ज्यान गएको हो ।
हिजो बेलुका साढे ३ बजे हरिमायाको आफ्नै बारीबाट नरिवलको हाँगा बोकी आउने क्रममा घरको बिजुलीको मिटरबाट निस्केको तारलाई बोकेको हाँगाले चुडाउदा करेन्ट लागि घटनास्थलमै ज्यान गएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।