
पूर्णपुष्टि, भदौ २०
ओखलढुङ्गामा करेन्ट लागेर पोलबाट लडेर एक जना युवकको ज्यान गएको छ । सिद्धिचरण नगरपालिका–४ का २१ वर्षीय निखिल फुयलको करेन्ट लागी सोलारको पोलबाट लडेर ज्यान गएको हो ।
आज बिहान १० बजे मानेभन्ज्याङ गाउँपालिका–७ स्थित माझी गाउँमा सोलारको पोलमा चढेर निर्माणाधिन सोलु करिडोरको तार तन्काउने क्रममा सोलारको करेन्ट लागी पोलबाट लडी फुयल घाईते भएका थिए । घाईते फुयललाई उपचारको लागि जनसेवा उदयपुर घुर्मी हेल्थ केयरमा पु¥याउन साथ ज्यान गएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
