
पूर्णपुष्टि, फागुन–२४
मोरङ बेलबारी नगरपालिका–७ का २४ बर्षीय आशिस मग्रातीको करेन्ट लागेर मृत्यु भएको छ ।
गतराती ९ बजे दुहबी –२ मा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सह–चालक आशिसलाई ईलेक्ट्रिक क्रेनमा करेन्ट लागी घाईते भएको थियो ।
उनको बिराट अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।
