
पूर्णपुष्टि, जेठ २५ गते ।
सिन्धुलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका–३ का ३४ वर्षीय रामबहादुर मगरको करेन्ट लागेर मृत्यु भएको हो ।
अन्न पिस्ने मिल सञ्चालन गर्न आइतबार बिहान ४ बजे घरबाट निस्किएका मगरलाई ५ बजे मिलमा नै करेन्ट लागेर अचेत भएर ढलिरहेको अवस्थामा आफन्तले फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाईते मगरलाई उपचारका लागि सुनकोशी सामुदायिक अस्पताल खुर्कोट पुर्याए पनि ८ बजे अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
