
सुनसरी, श्रावण २३
सुनसरीको धरानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । धरान उप–महानगरपालिका–१६ का ६५ बर्षीय केशर बहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको हो ।
बिहिवार बिहान आफ्नै घरमा मोवायल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका गुरुङको बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा उपचारको क्रममा दिउँसो मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
