Monday, June 29News That Matters

करेन्ट लागेर १ जनाको मृत्यु

मोरङ, भाद्र १५ 

मोरङ बेलबारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बेलबारी–८ बस्ने २८ बर्षीया फुलकुमारी धिमालको करेन्ट लागेर मृत्यु भएको हो ।

हिजो साँझ ६ बजे आफ्नै घरमा पंखा जोडने क्रममा अचानक करेन्ट लागी बेहोस भएकी फुलकुमारीको पथरी अस्पतालमा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।