
मोरङ,भाद्र १८
मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रंगेली रामघाट जयनपुर टोल बस्ने ५५ बर्षीय रामप्रसाद मण्डलको करेन्ट लागेर मृत्यु भएको हो ।
मण्डलले आज विहान ६ बजे आफ्नै खेतमा पानी पटाउन मटर जोड्ने क्रममा अचानक बिधुत सट भई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
