Saturday, May 23News That Matters

करेन्ट लागेर १ जनाको मृत्यु

पूर्णपुष्टि, भाद्र २६

उदयपुरको चौदण्डीगडी नगरपालिका–५ की ६१ बर्षीया सिलमन्ती चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।
आज बिहान ८ बजेको समयमा आफ्नै घरको कलमा जडान गरेको पानी तान्ने मोटर चलाउने मोटरमा जोडेको तरबाट अचानक करेन्ट लागेर चौधरीको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।