
पाँचथर, चैत्र १९
पाँचथर फिदिममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । फिदिम नगरपालिका–१२ भोटेगाऊ बस्ने १९ बर्षीय राजु ढुंगानाको करेन्ट लागेर मृत्यु भएको हो ।
आज बिहान ७ बजे बिजुलीको पुरानो ट्रान्समिटर निकाली नयाँ ट्रान्समिटर जडान गर्ने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका ढुंगानाको उपचारको क्रममा समर्पित अस्पताल पाँचथरमा दिउसो सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
