
झापा, कार्तिक २२ गते ।
झापाको अर्जुनधारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अजुनधारा नगरपालिका–३ कैजेरे निबासी ५६ बर्षीय खम्ब बहादुर सेन्चुरीको मृत्यु भएको हो ।
घरको विद्युतको तार सर्ट भएपछि बनाउने क्रममा बिहिवार दिउँसो २ बजे एक्कासी करेन्ट लगेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाईते भएका सेन्चुरीको उपचारको लागि शनिश्चरेको शंकर अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
