Saturday, June 20News That Matters

करेन्टले उदयपुरका एक युवाकाे मृत्यु

उदयपुर, चैत्र १३ गते । 

उदयपुरको त्रियुगा नगरपालिका २ मा एक युवाको करेन्टले शुक्रवार मृत्यु भएको छ । २४ बर्षीय जोतीकुमार राईको करेन्ट लागेर मृत्यु भएको १ नं प्रदेश प्रहरीले जनाएको छ ।

बुधवार दिउँसो पौने २ बजेको समयमा स्थानीय खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा घाईते भएका थिए  । घाइते राईको उपचारको क्रममा सिभिल अस्पताल गाईघाटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरेहेको प्रहरीले जनाएको छ ।