मोरङ, साउन २४ गते ।
मोरङको बरगाछीमा कन्टेनरको ठक्करबाट साईकल चालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका – ५ बरगाछीमा कन्टेनरले साईकललाई ठक्कर दिदा पालिका – १ निबासी स्वेता सहनीको मृत्यु भएको हो ।
राती करिब १० बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको एनएल ०१ एल ५१३५ नम्बरको भारतीय कन्टेनरले भित्रि बाटोबाट निस्कदै गरेको साईकललाई ठक्कर दिदा ३५ वर्षीय सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कन्टेनरको ठक्करबाट घाईते भएका सहनीको विराट नर्सिङहोम विराटनगरमा उपचारको क्रममा करिब साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
