
पूर्णपुष्टि, असोज १५
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आकस्मिक कक्षबाहेक अन्य सेवा बन्द गरिएको छ ।
अस्पतालमा कार्यरत ११ जना स्वास्थ्यकर्मीसहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक कक्षबाहेक अन्य सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।
प्रतिष्ठानमा कार्यरत ११ जनास्वास्थ्यकर्मीसँगै अरु बिरामी, बिरामीका आफन्तमा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुलाई अस्पतालको आइसोलेशनमा राखिएको छ ।
अहिले अन्य कर्मचारीहरुको पनि स्वाब संकलन गरिएको छ । अर्को सूचना नआएसम्म आकस्मिकबाहेकका सेवा बन्द हुने अस्पतालले जनाएको छ ।

