Saturday, June 27News That Matters

कर्णाली प्रदेशमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असर १ गते ।

कर्णाली प्रदेशमा आज थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ हजार ७७ पुगेको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ७ जना र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको थियो ।

आज दैलेखको ९१ जना र सुर्खेतको १९ जना थपिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

नयाँ अहिलेसम्म दैलेख संक्रमितको संख्या ६ सय २९ पुगेको छ भने सुर्खेतमा २ सय ३१ पुगेको छ । त्यस्तै सल्यानमा १ सय ३७, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा ८, मुगुमा २, हुम्ला र डोल्पामा १÷१ जना संंक्रमण फेला परेका छन् ।

रुकुम पश्चिममा भने अहिलेसम्म कोरोना संक्रमित फेला परेको छैन । अरु १६ जना अन्य प्रदेशका रहेका जनाईएको छ ।

आज कर्णाली प्रदेशमा उपचारपछि निको हनेको संख्या १ सय ५१ पुगेको छ । कालीकोट अस्पतालबाट २५ जना, प्रदेश अस्पतालबाट २३ जना, लेकबेसी आइसोलेसन सेन्टर सुर्खेतबाट ९ जना गरी कूल ५७ जना नयाँ संक्रमित निको भएर घर फर्किका छन् ।

योसगैँ १ सय ५१ जना घर फर्किएको छ भने ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।