Thursday, May 14News That Matters

कर्मचारी संगठनको प्रदेश १ मा काशीराज

पूर्णपुष्टि, जेठ २४ गते ।
नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन प्रदेश १ को अध्यक्षमा मोरङ्गका काशीराज पराजुली निर्वाचितन भएका छन् । उदयपुरको सदरमुकाम गाईघाटमा २२ र २३ गते सम्पन्न पहिलो अधिवेशनको बन्दशत्रले पराजुलीको अध्यक्षतामा २६ सदस्य सर्वसहमत प्रदेश कमिटी चयन गरेको हो ।
संगठनको उपाध्यक्षमा उदयपुरका फडिन्द्र विश्वकर्मा, महिला उपाध्यक्षमा झापाकी भिमा भट्टराई रहेका छन् । त्यसैगरी महासचिबमा सुनसरीका रेवती पोखरेल, सचिवमा झापाका राजु गिरी, मोरङ्गका रमेश खतिवडा, ओखलढुंगाका प्रवल घिमिरे र कोषाध्यक्षमा झापाका ठमेन्द्र पौड्ेल सर्वसहमत चयन भए ।
त्यस्तै सदस्यहरुमा तारावीर खड्का, दुर्गाबहादुर थापा, चन्द्रप्रकाश पोखरेल, कृष्ण रुचाल, वेन्जना गुरुङ्ग, कल्याणी राई, पम्फा घले, महेश खनाल, निकेश भट्टराई, प्रदिप अधिकारी, टिकाराम सुनवार, डिल्ली नेपाल, प्रदिप चौलागाई, अनिल पोखरेल, शंकर आचार्य, राम निरौला, तिलक राई र यादवप्रसाद धमला रहेका छन् ।
अधिवेशनका बन्दशत्रले संघीय निजामती सेवा ऐन, कर्मचारीका सेवासुबिधा र समसामयिक बिषयसहितका ३७ वुंँदे मागपत्र घोषणा गरिएको छ । अधिवेशनमा प्रदेश १ का एमाले निकट ४ सयभन्दा बढी कर्मचारीहरु सहभागि रहेका थिए । अधिवेशनको उद्घाटन एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले गरेका थिए ।