
पूर्णपुष्टि, बैशाख २७ ।
जिल्ला सरकारी वकिलको कार्यलय उदयपुरका एक कर्मचारीले सेवाग्राहीसँग घुस लिएको ६० हजार रकम फिर्ता भएकाे छ । सुबास खत्री भनिने चाेकेन्द्र खत्रीले लिएकाे घुस रकम बारे सामाजिक संजालमा वैशाख २५ मा भिडियाे सार्बजनिक भएकाे थियाे ।
त्रियुगा नगरपालिकाकी एक सेवाग्राहीबाट लागुऔषध मुद्दामा पक्राउ परेका आराेपितलाई धरौटीमा छुटाउन भन्दैे खत्रीले बैशाख २३ गते ६० हजार लिएकाेमा साे बारेमा भिडियो सार्वजनिक भएपछि रकम फिर्ता भएकाे हाे ।
पिडितकाे न्यायकाे लागि भन्दै स्थानीय जनार्दन रेग्मीले भिडियाे सार्वजनिक गरेका थिए ।
घटनाबारे आवश्याक छानविन भईरहेकाे जिल्ला न्यायधिबक्ता उत्तम श्रेष्ठले बताउनुभयाे ।
