Sunday, June 7News That Matters

कलेज बस दुर्घटना १ जनाको मृत्यु

मोरङ, माघ ९ गते ।

मोरङ बिराटनगरमा कलेज बास दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । विराटनगर–१५ निबासी ३२ बर्षीय  सानु साहको मृत्यु भएको हो ।
मोरङ धनपाल गाँउपालिका पिण्डेश्वरी स्कुल अगाडी बिराटनगर रंगेली सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ ख ४०९० नम्बरको बस बिहान साढे ६ बजे दुर्घटना भएको थियो । बाक्लो हुस्सुको कारण अनियन्त्रित भई दुर्घटना हुदा घाईते भएका सोही बसका साहुजी साहको न्यूरो अस्पतालमा उपचारको क्रममा ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दुर्घटनामा पाँच जना घाईतेको न्यूरो अस्पताल विराटनगरमा उपचार भईरहेको तथा बस र बसका चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।