
पूर्णपुष्टि, चैत्र २२
ट्युसन जाने क्रममा संकास्पद मृत फेला परेको कविताको शव पोष्टमार्टमका लागि धरान पठाईएको छ । घटना स्थलको मुचुल्का उठाएर मृतक कविताको शव धरान स्थित विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी वेद प्रसाद गौतमले जानकारी दिए । १५ बर्षिय मृतक कविता स्थानीय विद्यालयमै कक्षा १० मा अध्यानरत थिईन् । उनि बिहान ५ बजे ट्युसन पढ्न भनी घरबाट निस्केकी थिईन् । पछि घर देखी करिब २ किलो मिटर पर खोलामा स्थानीयले उनको शव घोप्टो परेको अवस्थामा फेला पारेका थिए । स्थानीयले शव फेला पारेको भन्दै प्रहरीलाई खवर गरेपछि प्रहरीले घटना स्थल पुगेर मुचुल्का तयार पारेको छ । एसइइका लागि निरन्तर ट्युसन पढ्दै गरेकी कविताको शव मंगलबार विहान फेला परेका थिए ।
