Monday, June 29News That Matters

कस्तो अवस्थामा बेसार खान हुन्न ?

धेरै हिसावले स्वास्थ्यकाे लागि फाइदाजनक बेसार केही कुराका लागि हानिकारक पनि छ । के कस्तामा हानिकारक हुन्छ, त्यसबारे जानकारी यस प्रकार छ ।

१. गर्भावस्था : गर्भावस्थ या शिशु जन्मिसकेपछिको अवस्थामा बेसारको प्रयोग महिलाका लागि हानिकारक हुनसक्छ । यस्तो अवस्थामा बेसार खाँदा मासिक धर्म रोकिने तथा अन्य समस्या निम्तिन सक्छ । बेसारले गर्भाशयलाई उत्तेजित या सक्रिय पार्न भूमिका खेल्छ । बेसारले टेस्टोस्टेरोन हर्मोन कम गर्न पनि सहायक भूमिका खेल्छ ।

२. पत्थरी : पत्थरी भएका मानिसले बेसार सेवन गर्न हानिकारक हुन्छ । पित्ताशयमा पत्थरी भएका वेला बेसार सेवन गर्दा पीडा हुन्छ । पित्ताशयको पत्थरी भएकाले खानामा बेसार कम गर्दा पीडा कम गर्न सकिन्छ ।

३. शुक्रकिट : खानामा अधिक बेसार प्रयोग गर्दा पुरुषको शुक्रकिटमा ह्रास आउँछ । परिवारको योजना बनाइरहेकाहरूले खानाका परिकारमा बेसारको प्रयोग धेरै नगर्नु नै राम्रो हुन्छ ।

४. अप्रेसनपछि : कुनै प्रकारको अप्रेसन गरिएको अवस्थामा बेसारकोल सेवन गर्न हुन्न । यो हानिकारक मानिन्छ । बेसारले रगत जम्न दिँदैन । अप्रेसनपछि पनि बेसार खाइरहे घाउबाट रगत बगिरहनसक्छ । त्यसका कारण खाउ पनि निको हुन बढि समय लाग्दछ ।

यसर्थ, बेसार प्रयोग गर्नेहरुले यी माथिका चारवटा कुराहरुमा ख्याल गरेर मात्र बेसारको सेवन गर्न्पर्दछ । (स्राेत : स्वास्थ्य खबरबाट)