Tuesday, June 9News That Matters

कांग्रेस नेता मीन विश्वकर्माको भेन्टिलेटरमा उपचार हुदै

पूर्णपुष्टि,कार्तिक १६

नेपाली कांग्रेसका नेता मिन विश्वकर्मालाई भेन्टीलेटरमा सारिएको छ । कांग्रेसका नेता तथा पूर्वमन्त्री समेत रहेका विश्वकर्माको स्वास्थ्य अवस्था गम्भिर बन्दैगएपछि भेन्टिलेटरमा सारिएको हो । उपचारमा संलग्न एक चिकित्सकका अनुसार पछिल्लो समय उनको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि  भेन्टिलेटरमा सारिएको हो ।

एक हप्तासम्म होम आइसोलेसनमा बसेका उनी ९ कार्तिकमा वीर अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा थप समस्या देखिएपछि १२ कार्तिकमा उनलाई ग्राण्डी अस्पताल लगिएको थियो ।

५४ वषीर्य विश्वकर्माको कार्तिक १ गते कोरोना परीक्षण रिर्पोट पोजेटिभ आएको थियो । पछिल्लो हप्तादेखि आईसीयूमा उपचारत विश्वकर्मालाई शनिबार भेन्टिलेटरमा लगिएको ग्राण्डी अस्पतालले जनाएको छ ।