
पूर्णपुष्टि,माघ २५ । नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको आज सुनवाइ हुने भएको छ । अधिवक्ता विमलप्रसाद पोखरेलले संसद् सचिवालयविरुद्ध सो रिट निवेदन दिएपछि आज सुनवाइ हुन लागेको हो ।
संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि नेपाली काँग्रेस सत्ता पक्षको कि प्रतिपक्षको दल हो भन्ने विषयमा विभिन्न तर्कहरु आइरहेका छन् । प्रतिपक्षी दलको दावी गरेपछि काँग्रेसलाई उक्त सुविधा नदिन भन्दै सर्वोच्चमा अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध रिट हालेका थिए ।
उक्त रिट निवेदन दर्ता गर्न सर्वोच्चकी न्यायाधीश सपना मल्ल प्रधानले आदेश दिएकी छन् । रिटलाई आजको मितिमा पहिलो पेशी तोकिएको थियो ।
