Saturday, June 20News That Matters

काकाबाटै भतिजी बलात्कृत

पूर्णपुष्टि, असार १०

पाँच वर्षीया एक बालिका करणी गरेको अभियोगमा तनहुँका एकजना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–९ का ५३ वर्षीय एक पुरुष पक्राउ परेका हुन् । उक्त पुरुष ती बालिकाको आफ्नै काका रहेको प्रहरीले जनाएको छ ।

आमा घरमा नभएको बेला भतिजीलाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालयका तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

पक्राउ परेका पुरुषविरुद्ध जिल्ला अदालतबाट जबरजस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।