
पूणर्पुष्टि,साउन, १४
आज काठमाण्डौँ सँगै देशभर २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाण्डौमा मात्र आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका १४ सहित थप २१० जनामा संक्रमण पुष्टि भएको बताए ।
मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा ७ सय ८९, प्रदेश नम्बर २ मा ३ हजार १८, बागमती प्रदेशमा ५ सय १८ र गण्डकी प्रदेशमा १ हजार २ सय २७ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय १०, कणर्ाली प्रदेशमा १ हजार ६ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ७३ जना डिस्चार्ज भएका छन् । आजसम्म पीसीआर विधिबाट ३ लाख ५८ हजार ३ सय ४४ जनाको कारोना परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा थप १४६ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने कूल संक्रमण निको हुनेको संख्या १४ हजार २१ पुगेको छ भने नेपालमा कोरोना संक्रमणबाट ४९ जनाको मृत्यु भइसकेको छ ।
