
पूर्णपुष्टि, भदौ ९
काठमाण्डौमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत साउन ३१ गतेदेखि काठमाण्डौको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा उपचाररत काठमाण्डौ महानगरपालिका २१ का ६६ वर्षीय पुरुषको मङ्गलबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।
साउन २९ गते कोरोना सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएपनि दुई दिन घरमै आइसोलेशनमा बसेका पुरुष ३१ गते मात्रै अस्पताल भर्ना भएको थियो ।
स्वास्थ्यमा थप समस्या आएपछि साउन ३२ देखि आईसीयूमा र भदौ ५ गतेदेखि भेन्टिलेटरमा राखेर ती पुरुषको उपचार गरिएको थियो ।
