
पूर्णपुष्टि, पौष १५
नेकपा बिभाजन पछि अहिले आधिकारी नेपाल कम्युनिष्ट पार्टी ओली समूहको हो, या प्रचण्ड नेपालको हो भन्ने कुरा टुङगो लगाउन सकेको छैन् । यस बारे निर्वाचन आयोगले आधिकारिकताका लागि प्रयास गरिरहेको छ ।
दुबै समूहले आफ्नो बनाईरहेको यो पार्टी कस्को हो भन्ने कुराहरुमा अझै पनि जनताहरु भने भ्रममै परेका छन् ।
सुरूमा दल दर्ता हुँदाको केन्द्रीय समितिमा जसको बहुमत छ, त्यसैलाई आधिकारिकता दिनुपर्छ भन्ने कानुनी व्यवस्था छ, अहिले हामी नेकपाको विवादको कानुनी निरूपणको प्रक्रियामा छौं,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भन्नुभयो ।
निर्वाचन आयोगमा दर्ता हुँदा नेकपा जम्मा ४४६ केन्द्रीय कमिटीको थियो । दर्ता हुँदाको बहुमत केन्द्रीय कमिटी अहिले दाहाल९नेपाल समूहमा छ ।
प्रचण्ड – दाहाल समूहले निर्वाचन आयोगमा बुझाएको २९७ जनाको हस्ताक्षर मध्ये ३ जना ओली पक्षमा गएका छन् । अहिले पनि २९४ जना प्रचण्ड मादवकै पक्षमा रहेका एक नेताले जानकारी दिनुभयो ।
दल दर्ता हुँदाको केन्द्रीय समितिमा अब ओली पक्षका १४१ सदस्य छन् । दल दर्ता हुँदाको केन्द्रीय कमिटीको दोब्बर सदस्य दाहाल९नेपाल समूहमा गएकाले ओलीलाई कानुनतः आधिकारिकता नमिल्न सक्ने सम्भावना बढी देखिन्छ ।
दफा ४४ का अनुसार ‘सहमति कायम हुन नसकेमा र दाबी, लिखित जवाफ र प्रमाणसहितको आधारमा कुनै एक पक्षलाई मान्यता दिन नसकिने भए आयोगमा दाबी पेश गर्नुअघि त्यस्तो दलको तर्फबाट आयोगमा पेश भएको केन्द्रीय समिति पदाधिकारी र सदस्यहरूमध्ये जुन पक्षसँग पदाधिकारी र सदस्यको बहुमत छ त्यस्तो पक्षलाई विवाद हुनुअघिको दलको हैसियतमा मान्यता दिई अर्को पक्षलाई छुट्टै राजनीतिक दलको रुपमा मान्यता दिई दल दर्ता गर्न सक्नेछ ।’
