Sunday, May 31News That Matters

काम गरिरहेको अवस्थामा डोजर दुर्घटना : चालकको मृत्यु सहचालक घाईते

पूर्णपुष्टि, मंसिर २
काम गरिरहेको अवस्थामा डोजर दुर्घटना हुँदा दाङमा चालकको मृत्यु भएको छ भने सहचालक घाईते भएको छ । दाङको बङ्गलाचुली गाउँपालिकामा आज बिहान करिब ४ बजेतिर बाटो बनाउँदै गर्दा डोजर पल्टिँदा चालकको मृत्यु भएको हो ।

गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीका अनुसार रा१क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको छ। सोही क्रममा सहचालक बर्दियाको गुलरिया नगरपालिका–१ निवासी २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएका छन्। बङ्गलाचुलीको मुकुटीदेखि भ्युटावर जोड्ने सडक सफाइ गर्ने क्रममा डोजर पल्टिएको थियो