Thursday, June 18News That Matters

कार्यकर्ता नछाडे हडतालमा उत्रने संयुक्त संघर्ष समितिको चेतावनी

पूर्णपुष्टि, जेष्ठ १६ । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आन्दोलनको क्रममा पक्राउ परेका कार्यकर्ता नछाडे अनिश्चित कालिन प्रदेश व्यापी हडतालमा उत्रने चेतावनी दिएको छ ।

विराटनगरमा आईतबार आन्दोलनको क्रममा पहिचान पक्षधरका ८६ जना नेता तथा कार्यकर्ता पक्राउ परेका थिए । पक्राउ परेका मध्येबाट ६० जनालाई सोही दिन छाडेका थिए भने २७ जना प्रहरी हिरासतमा रहेका छन् ।

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले विज्ञप्ती निकाल्दै पक्राउ परेका २७ जनालाई रिहाई नगरेकोले मंगलबार कार्यालय समय भित्र विना सर्त तत्काल रिहाई गर्न माग गरेको छ । यदी रिहाई नगरेमा जेष्ठ १७ गते बिहानदेखी अनिश्चित कालिन प्रदेश व्यापी आमहडतालमा उत्रिन बाध्य हुने विज्ञप्तीमा उल्लख गरिएको छ ।

प्रहरी नियन्त्रणमा रहेको २६ जनालाई मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय भईनसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (डिएसपी) दीपक पोखरेलले जानकारी दिए । पक्राउ परेकाहरुलाई के गर्ने भन्ने निर्णय आज हुने र मुद्धा चल्ने भयो भने म्याद थप गरेर अनुसन्धान गरिने उनले बताए ।