Saturday, June 27News That Matters

कालिका अंटो लिंक गाईघाटले न्यु मोडलको अटो रिक्सा लंन्च गर्यो

पूर्णपुष्टि, फागुन १३

बिभिन्न १० उत्कृष्ट सेवा सुविधामा आधारित न्यु मोडलको अटो रिक्सा गाईघाटमा लंन्च भएको छ । बिहिबार गाईघाट स्थित कालिका अटो लिंकले बजाज कम्पनीको न्यु मोडल BAJAJ RE Bs6 लंन्च गरेको हो । अन्य अटोहरु भन्दा बिल्कुलै फरक र मजबुद रहेको र नेपाली बजारमा बढ्दो माग भईरहेको यस अटो गाईघाटमै पनि लंन्च गरिएको कालिका अटो लिंक गाईघाटका प्रोपाईटर सुनिल ठाकुरले बताउनुभयो ।

नेपालका लागि बजाज अटो लिमिटेड, भारतको आधिकारिक बितरक गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ बाजाज तीनपाङ्ग्रे अटो नेपालमा ल्यएको ठाकुरले बताउनुभयो ।

बिहिबार नेपाली बजारका सबै डिलरहरुमा यसको लंन्च गरिएको र विक्रि वितरण सुरु गरिएको प्रोपाईटर ठाकुले बताउनुभयो ।

कालिका अटो लिंक गाईघाटको आधिकारिक डिलरमा व्यवसायी, यातायातका कर्मचारी, ट्राफिक प्रहरी, इन्स्योरेन्सका प्रतिनिधि, बैँक मेनेजर र अटो व्यवसायीहरुको उपस्थितिमा BAJAJ RE Bs6 लंन्च भएको हो ।गाईघाटमा लन्च गरिएकै दिन ४ ओटा बुकिङ भैसकेको कम्पनीका गाईघाट शाखा मेनेजर उद्धव अधिकारीले बताउनुभयो । अधिकारीले व्यवसायीक रुपमा अटो व्यवसाय गर्दै आईरहेको ४ जना अटो चालकहरुले यसको बुकिङ गरिसकेको बताउनुभयो ।

बुकिङ गर्ने ४ जनालाई कम्पनीले पुरस्कार समेत प्रदान गरेको छ । जलजलेका अम्बर खड्का, खाँबुका शिब बहादुर मगर, गाईघाटका लक्ष्मण शाह र बसाहाको सुरेन राईलाई गाईघाटमा अटो लन्च गरेको अवसरमा कम्पनीको तर्फबाट पुरस्कार प्रदान गरिएको अधिकारीले बताउनुभयो । बुकिङ गर्ने अम्बर खड्काले आफ्नो अर्को पनि अटो रहेको बताए । उनले आफुले चलाईरहेको भन्दा थप सुविधामा कम्पनीले लन्च गरेको भन्दै नेपाली बजारमा प्रवेश गरे वित्तिकै आफुले गाईघाटको आधिकारिक डिलर कालिका बाट अग्रिम बुकिङ गरेको बताउनुभयो ।

खड्काले लामो समय सम्म बिदेशमा ह्याभी गाडी चलाको अनुभव सुनाउँदै त्यो निकै दुखको दिनहरु रहेको स्मरण गर्नुभयो । उहाँले हालै नेपालमा चलाईरहेको अटोले आफुलाई सफल अटो व्यवसायी बनाईरहेको र नेपालमै दुख गर्दा आफुलाई सहज र सन्तुष्टि मिलेको बताउनुभयो । विदेशको ७० हजार जागिर छाडेर नेपालमा अटो चलाईरहेको खड्का भन्छन् नेपालमै आत्मानिर्भर बन्न सक्दा बिदेश जान जरुरी नपर्ने रहेछ ।आफु अटो व्यवसाय बाटै नेपालमा टिक्न सकिरहेको भन्दै थप सफलता र उदाहरणका लागि पनि अर्को अटो तत्काल थपेको बताउनुभयो । अरु भन्दा बिल्कुलै नयाँ सुविधा र थप सेवाका साथ यो मोडलको टेम्पो बजारमा ल्याइएको कम्पनीले दावि गरेको छ ।

कम्पनीका अनुसार अधिक शक्तिसाली  २३६ सि सि. को एफ. आई. इन्जिन, अरु भन्दा बढी पावर र उत्कृष्ट माईलेज, नयाँ हुड, प्यासेन्जर बस्ने उज्यालो ठाउँ, झ्यालको व्यवस्था, ठुलो ऐना, नयाँ स्टाईलको ड्यासबोर्ड, नयाँ डिजाईन नयाँ बडि फिनिसिङ, स्पष्ट देखिने हेड लाईट,Mp3 र रेडियो, नयाँ र सुधारिएको ह्णन्ड स्टार्ट, साईड ढोका, नयाँ इन्जिन कभर, इन्जिनका लागि प्रयाप्त हावा लगायत बिभिन्न सुविधामा नयाँ मोडलको टेम्पु गाईघाटमा उपलब्ध रहेको कम्पनीले जनाएको  छ ।