Tuesday, April 28News That Matters

काेराेना जितेर उदयपुरका सञ्चारकर्मिसहित ४ जना घर फर्कदै

पूर्णपुष्टि, जेठ २२ ।

उदयपुरकाे काेराेना संक्रमित एक सञ्चारकर्मि सहित ४ जना अाज घर फर्कदैछन् । बिराटनगरस्थित काेशि काेराेना हस्पिटलकाे अाईसाेलेशनमा रहेर उपचार गरिरहेका उनिहरुकाे पिसिअार परिक्षण रिपाेर्ट नेगेटिभ अाएपछि घर फर्कने भएका हुन् ।

उनिहरुलाई अाजै अस्पतालले डिस्चार्ज गरेर जिल्ला पठाउने स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख माेहन सुवेदिले बताउनुभयाे । उनिहरुलाई क्वारेन्टाईन वा हाेम क्वारेन्टाईनमा पठाउने बारेमा छलफल भईरहेकाे त्रियुगा नगरपालिकाका सहायक स्वास्थ्य संयाेजक अवधनमरमयण चाैधरीले बताउनुभयाे ।
उनिहरुसंगै रहेका एक भारतीय नागरिकलाई भने विराटनगरकै एक क्वारेन्टाईनमा राखिने बताईएकाे छ । उनि उदयपुरकाे भुल्केमा पुष्टि भएका १६ जना जमाति मध्येका एक हुन् । काेराेना काेशि अस्पतालमा उदयपुरका काेराेना संक्रमित ३३ जना मध्ये ६ जना बाँकि रहेकामा अब १ जना मात्र रहेकाे छ । उनि महिला हुन् । दुईदिन अघिकाे पिसिअार परिक्षणमा उनकाे पाेजेटिभ नै अाएकाे थियाे भने पाँच जनाकाे नेगेटिभ अाएकाे थियाे ।
२५ वर्षिय संचारकर्मि गत जेठ २ गते काेराेना संक्रमित पुष्टि भएका हुन् । जेठ ३ देखि अस्पतालमा रहेका थिए । उनी उदयपुरकाे सबैभन्दा अन्तिममा संक्रमण देखिएका र १९ दिनमा काेराेनालाई जितेका हुन् ।