Thursday, May 28News That Matters

काेराेना विरूद्ध प्रदेश सरकारलाइ सहयाेग गर्न नेत्रज्याेती संघ उदयपुर तयार

पूर्णपुष्टि, चैत १२ ।

नेपाल नेत्रज्योती संघ उदयपुरले कोरोना भाइरस संक्रमणको विरुद्धमा लड्न प्रदेश सरकारलाई सहयोग गर्ने भएको छ । उदयपुरको सदरमुकाम गाईघाट स्थित मदन भण्डारी आँखा अस्पताललाई क्वारेन्टाईन स्थापना गर्न र आइसोलेशन वार्डको रुपमा विकास गर्न दिने निर्णय गरेर सहयोग गर्ने भएको सभापति भागवत राउतले जानकारी दिनुभयो ।

हालै निर्माण कार्य सकिएको तीनतले आँखा अस्पतालको भवनमा ४२ कोठा छन् । त्यसलाई प्रयोग गरेर कम्तिमा ५० जना विरामीलाई उपचार गर्न सक्ने बनाउन सकिनेछ । प्रदेश सरकारलाई आँखा स्पतालको भवन उपलब्ध गराउने निर्णय गरेसंगै सकेको अन्य सहयोग पनि समितिको तर्फबाट गरिने जनाइएको छ ।

रोगलाई नियन्त्रण गर्न, फैलिन नदिन, संक्रमितलाई समयमै उपचार गरेर जिउज्यानको रक्षा गर्न सहयोग गर्ने जनाइएको छ ।