पूर्णपुष्टि,पुष ३० । किराँत नयाँ सम्वत यले दुङ ५०८३ को अवसरमा आज उदपुरको बिभिन्न ठाउँमा दिपावली गर्दै १ नम्बर प्रदेशलाई किराँत प्रदेश नामाकरण माग गरिएको छ । गत वर्ष उदयपुरबाट २५ लाख हस्ताक्षर बुझाइ किराँत प्रदेशको माग गरिएको कुरा स्मरण गराउँदै किराँत पहिचानको आधारमा प्रदेश नामाकरनणको माग गरेको हो ।

दुई मुख्यमन्त्री किराँत समुदायका हुँदा पनि नामाकरण हुन नसकेको प्रदेशमा भर्खरै बनेको मुख्यमनत्री हिक्मत कुमार कार्कीबाट किराँत पहिचानको आधारमा प्रदेशको नामाकरण हुने आशा किराँत समुदायले गरेका छन् । किराँत भन्नाले जाति नभइ समुदाय तथा भुगोल भएकोले यस भुगोलमा बस्ने सबैको पहिचानको सम्मानका लागि किराँत प्रदेश नामाकरण खोजिएको किराँत राई यायोक्खा उदयपुरकी अध्यक्ष गंगा राईले बताईन् ।
नेपालमा मनाइने सम्वतहरु मध्य किराँत सम्वत निकै पुरानो मानिन्छ । आज राती १२ बजेदेखि सुरु हुने नयाँ किराँत सम्वत ५०८३लाई पहिचानको वर्षको रुपमा मनाउँन पाउने गरी प्रदेशको नामाकरणको अपेक्षा राखिएको कार्यक्रमका सहभागिहरुले बताए ।

नयाँ वर्षको अवसरमा आईतवार बिभिन्न कार्यक्रमहर आयोजना हुने जनाइएको छ । दिपावली कार्यक्रममा यायोक्खाका जिल्ला तथा नगर,गाउँ कमिटिका पदाधिकारीहरु, राई समुदायका अगुवाहरु, विद्यार्थी, कलाकार, पत्रकारहरु सहभागि थिए । गाईघाटको पिजि चौँकमा नेपालको नक्सा बनाइ १ नम्बर प्रदेशलाई किराँत प्रदेशको रुपमा इङगित गरिएको थियो । नक्सा वरीपरि मैनवत्ति बालेर दिपावली गरिएको थियो । दिपावली गरिदा चौक झलमल्ल बनेको थियो ।

