
उदयपुर, पुस १९ गते ।
किराँत राई सास्कृतिक कलाकार संघको पाँचौँ सम्मेलन उदयपुरमा सुरु भएको छ । कलाकार संघ केन्द्रिय कार्य समितिको आयोजनामा दुई दिने ऐतिहासिक पाँचौँ सम्मेलन शनिबारबाट सुरु भएको हो ।
“किराँत सस्कृति हाम्रो शान, संरक्षण र प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुल नाराको साथ १ न. प्रदेश किराँत प्रदेश हुनु पर्ने मागका साथ सम्मेलनको उद्घाटन भएको हो । किरातीहरुको नयाँ वर्ष माघ १ गते ऐलेसम्वत् ५०८० को शुभकामना आदान प्रदान समेत भएको थियो ।
ऐतिहासिक सम्मेलनको उद्घाटन कार्यक्रममा नाट्य विधाबाट फिल्मि क्षेत्रमा छिरेका चर्चित नायक दयाहाङ राई, पुराना लोकप्रिय गायक जितने राई, सम्भु राई, विशन मुकारुङ र चर्चित गायीका पार्वती राई, सत्यकला राई, बेनुका राई लगायतका ख्यातीप्राप्त कलाकारहरुको उपस्थिति रहेको थियो ।
लोक प्रिय तथा चर्चित गायक गाईकाहरुले ‘पारुहाङ्की सन्तान तिमि’, ‘आलु दम चना’, ‘घर ता हिले हो’ ‘हङ्कङ आईडी’, ‘खोर्सानी डल्ले’, ‘सुम्निामा जस्तै देखिन्छु’ लगायतका बोलका गीतहरु प्रस्तुत गरेका थिए ।
कलाकार एउटा राज्यको अंगको रुपमा रहेको सस्थापक अध्यक्ष गायक जितेन राईले बताए । कलाका माध्यमबाट कलाकारले सस्कार सस्कृतिको जगेर्ना गर्नेदेखी समाजलाई एना जस्तै राम्रो नराम्रो प्रत्यक्ष रुपमा देखाउने गरेको उनले बताए । राज्यले कलाकारलाई हेर्ने दृष्ट्रिको फरक हुने गरेको छ । यो संघ कुनै पार्टीको भातृ संगठन नभई स्वच्छ सामाजिक सस्था भएको राईले प्रष्ट्र पारे ।
संघले कला, सस्कार, सस्कृतिको जगेर्ना गर्ने काम गरेको प्रतिनिधि सभाका सदस्य सुरेसकुमार राई (हिमाल) राईले बताए । किरात कुनै जाति र थर नभई सभ्यता भएकाले १ नं. प्रदेशको नाम किरात राख्नु पर्नेमा जोड दिएको छ ।
प्रदेशको नाम किरात राख्नमा आफु लागि परेको राईले बताए । प्रदेशको नामाकरण अरु केहि नभई किरात हुनु पर्दछ । प्रदेशको नाम किरात भए प्रदेशमा बसोबास गर्ने सवै जाती, धर्म, सस्कार, सस्कृतिको संरक्षण गर्ने भन्दै राई सक्षम र सवल कार्य समिति पाउने शुभकामना दिएका छन् ।
कलाकारहरु एक जुट भएर संगठनीक रुपले अगाडी बढ्नु पर्ने नायक दयाहाङ् राईले बताए । कलाको सम्मान नभएको र मुन्दुम भन्ने शब्द राज्यले शब्द कोषमा समेटे पनि त्यसको सहि व्याख्या र विश्लेषण नगरी वेवास्था गरेको उनले बताए ।
ऐतिहासिक सम्मेलनबाट कला, सस्कार, सस्कृतिको संरक्षण गर्ने सक्षम र सवल कार्य समिति पाउने आशा लिएको छ ।
फोटो फिचर/कलाकारहरु

