
पूर्णपुष्टि, फागुन १८ । उदयपुरमा किरात राई यायोख्खाले कोशी प्रदेश ख्यारेज गरी किरात प्रदेश नामकरण गर्न माग गर्दै संघर्ष सुरु गरेको छ । किरात राई यायोख्खा केन्द्रीय कार्य समितिले बिभिन्न ३ ओटा निर्णय सहितको बिज्ञाप्ती जारी गर्दै संघर्ष सुरु गरेको हो । पूर्वको १४ ओटै जिल्लाहरुमा यायोख्खाले संघर्ष सुरु गरेको छ ।
गाईघाट स्थित पिपलचोकमा किरात प्रदेश नामाकरण गर, कोशी प्रदेश ख्यारेज गर, पहिचान विरोधी होसियार जस्ता नारा लगाउँदै संघर्ष सुरु गरेको छ । उदयपुरमा भोली शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र कालो पट्टी बाँधेर कालो दिनको रुपमा कोशी प्रदेश नामाकरणको दिनलाई घोषणा गर्ने जस्ता कार्यक्रम रहेको छ ।
कार्यक्रममा यायोख्खाका केन्द्रीय सहअध्यक्ष ज्ञान बहादुर राईले कोशी प्रदेश कुनै हालतमा स्वकार्य नहुने जनाएको छ । त्यसका लागि आफु जस्तो सुकै संघर्ष गर्न तयार रहेको जनाए ।





