Saturday, May 16News That Matters

१३, १४ र १५ गते गाईघाटमा साकेला सिल्ली प्रशिक्षण गराईने

पूर्णपुष्टि, ५ पुष ।
किरात राई यायोख्खा त्रियुगा नगरपालिका ११, १२ र १३ नं वडा कार्य समितिले किरात राईहरुको संस्कृतिमा आधारित साकेला सिली प्रशिक्षणको आयोजना गर्ने भएको छ । पौष १० गते किरात राईहरुको उधौली पर्व साकेलाको अवसर पारेर सिली प्रतियोगिता गर्न लागिएको हो । कमिटिका अध्यक्ष सर्बधन राईका अनुसार १० गतेको उद्यौली पर्व पछि १३, १४ र १५ गते तिन दिन साकेला सिली प्रशिक्षण गराईने छ । गाईघाट स्थित ११ नं वडाको साकेला थानमा सिली प्रशिक्षणको आयोजना गरिने अध्यक्ष राईले जानकारी दिए ।

गुम्दै गएको राई समुदायहरुको संस्कार संस्कृति जगेर्णा गर्ने भन्दै उक्त प्रशिक्षणको अयोजना गरिएको राईको भनाई छ । जनता सँग उपमेयर कार्यक्रम मार्फत बजेटको पहलमा राई नेतृत्वको वडा कमिटिले प्रशिक्षणको प्रस्ताव गरेका थिए । सोही प्रस्ताव अनुसार कार्यक्रमको प्रस्तावित कार्यक्रम छनोट भई प्रशिक्षण आयोजना गर्न लागिएको हो । साकेला सिलीको प्रमुख प्रशिक्षकको रुपमा चौदण्डीगढी नगरपालिका ३ चिप्रिङगी टोलका मनोज प्रसाद राई रहेको छ । राईले सिल्लबारे लामो अध्यक्षन समेत गरेको बुझिएको छ । राईसहितको टोलीले भरपुर साकेला सिल्ली प्रशिक्षण गराउने भएको हो ।

प्रशिक्षणमा सिकाईने ३५ ओटा सिल्लीहरु यस प्रकारको छ 

प्रशिक्षण्मा करिब ३५ सिली प्रस्तुत गरिने आयोजकले जनाएको छ । बोखातिम्मा सिल्ली, हितिम्मा सिल्ली, ल्हतिम्मा सिल्ली, वापामु उम्धीरपा सिल्ली, बखेरामु उम्धीरपा सिली, कावा सिली, चिपुकावा सिली, लाभे सिली, तारेवासा सिली, लोपा सिली मौवा सिली, तावा सिली, वासाखिपा सिली, चाप्चामु उम्धीरता सिली, चाप्चामु उम्छीरपा सिली, नाईमा सिली, पारुह उम्धीरपा सिली, पारुह उम्छीरपा सिली, सालपा उम्धीरपा सिली, सालपा उम्छीरपा सिली, छेछेलिम्पा सिली, मारुमा सिली, मोवरी सिली, बोबोलती उम्धीरपा सिली, बोबलती उम्छीरपा सिली, एवा सिली, तोयामा सिली, खियामा सिली, खचेलीपा सिली, दोमाखाम्पा उम्धीरपा सिली, दोमाखाम्मा उम्छीरपा सिली, बखेरामु उम्छीरपा सिली, वापामु उम्छीरपा सिली, वाईलोमा सिली र मछामा सिली रहेको छ ।