
पूर्णपुष्टि, २२ साउन ।
किरात राई यायोख्खाको ३७ औँ स्थापना दिवसको अवसरमा तिन जना राई पत्रकार नगद सहित सम्मानित भएको छ । सम्मानित हुनेहरुमा उदयपुरका पत्रकार भोटराज राई किरात राई पत्रकार संघका वर्तमान केन्द्रिय सचिव राजकुमार राई र मातृभाषामा सकृय पत्रकार असिम राई रहेको छ । संघका केन्द्रीय पूर्व उपाध्यक्ष समेत रहेका राई उदयपुरमा क्रियाशिल र व्यवसायिक पत्रकारको रुपमा कार्यरत छन् । उनि उदयपुर कान्तिपुर सम्वादाता हुन भने पूर्णपुष्टि मिडियाको संञ्चालक समेत हुन । काठमाण्डौँ स्थित कृष्टल ब्याङ्क्वेट कुमारी पाटी मानव भवनमा भव्य कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । किरात राई यायोख्खा केन्द्रीय कार्य समिति काठमाण्डौँले ३७ औँ स्थापना दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।

