
पूर्णपुष्टि, ९ पुष । गाईघाट निवासी कालिदास राई (किसान) ले उदयपुर ब्याटमिनटन संघलाई ५ लाख रुपयाँ रकम सहयोग गरेका छन् । राईले संघका समिति कोषाध्यक्ष बादल खतिवडालाई मंगलबार बोक्से कवर्डहलमै बृहत कार्यक्रम गरी सहयोगवापदको चेक हस्तान्तरण गरेको हो ।
समाजसेवी राई जिल्ला ब्याडमिन्ट संघ उदयपुरका अध्यक्ष समेत हुन । उनले आफ्नो बुबा स्वर्गीय जगत राईको ८ औँ स्मृति र स्वर्गीय आमा बसन्ती राईको ६ औँ स्मृति दिवसको अवसरमा संघलाई रकम सहयोग गरेका हुन् । राई लामो समय ब्याडमिन्टन खेलमा आबद्ध हुँदै हाल ब्याडमिन्ट सँघ उदयपुरको अध्यक्ष हुन् । आफु स्वयम अधयक्ष रहेको संघलाई थप व्यवस्थीत पार्न राईको सहयोग महत्वपूर्ण रहेको भन्दै खेलाडीहरु उत्साहित र खुसी बनेको छ ।
राईको सहयोग सँगै कोष नै स्थापना गरी अन्य रकमहरु पनि सहयोगबापत उठ्न थालेको छ । राईले बोक्सेमा रहेको जिल्लाकै पुरानो र ठुलो कवर्डहलाई पार्केटिङ निर्माणको लागि ५ लाख रकम सहयोग गरेको जनाए । समाजसेवीको रुपमा पहिचान स्थापित गरेका राईले अन्य धेरै क्षेत्रहरुमा आर्थिक सहयोग गर्दै आएका छन् । जिल्ला न्यायधिश श्रीमान हरिसचन्द्र इङ्नाम, नेपाल प्रहरीका प्रमुख एसपी हरिहरनाथ योगी लगायत खेलाडीहरुको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरेका थिए ।
