
पूर्णपुष्टि, जेठ ४ गते ।
विश्वभर महामारीको रुपमो कोरोना भाईरस (कोभिड–१९)को संक्रमण फैलिरहेको छ । विश्वका विभिन्न देशमा सडकलाई कोरोना भाइरसको संक्रमणबाट मुक्त गर्ने नाममा कीटाणुनाशकको प्रयोग भइरहेको बेला विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसले कोरोना भाईरस समाप्त नहुने बताएको छ ।
उक्त कदमप्रति चेतावनी दिँदै कीटाणुनाशक स्प्रेले कोरोना भाइरस समाप्त नहुने र स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने डब्ल्यूएचओले जनाएको छ । कोरोना महामारीलाई मध्य नजर गर्दै डब्ल्यूएचओले स्वच्छता र सतहलाई कीटाणुमुक्त गर्नका लागि एक निर्देशिका सार्वजनिक गरेको छ ।
सडक वा बजारमा कोरोना भाइरस वा अन्य रोगको कीटाणु समाप्त गर्न ग्यासको रुपमा कीटाणुनाशक स्प्रेको प्रयोग नगर्न डब्ल्यूएचओले सल्लाह दिएको छ । धुलो र ग्यासले कोरोना भाईरसको कीटाणुलाई कुनै असर नगर्ने पनि बताएका छन् ।
सडक र फुटपाथ कोरोना भाइरसको आश्रयस्थल होइन कीटाणुनाशक स्प्रे छर्कुन मानव स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । कहिल्यै पनि मानिसमाथि कीटाणुनाशक नछर्कन सल्लाह दिइन्छ । यो शारीरिक र मानसिक रुपमा हानिकारक हुन सक्छ डब्ल्यूएचओको निर्देशिकामा उल्लेख छ ।
कोरोना भाईरसको संक्रमित व्यक्तिले दोस्रो व्यक्तिमा संक्रमण फैलाउने क्षमतामा यसले कुनै असर गर्दैन । क्लोरिन वा अन्य कुनै विषालु रसायनको प्रयोगले आँखा वा छालामा जलन, श्वासप्रश्वासमा समस्या वा पेटसम्बन्धी रोग निम्तिन सक्ने उल्लेख छ । घरभित्र कीटाणुनाशक स्प्रेको प्रयोग गर्दा कपडामा घिजाएर पुछ्नु पर्छ । कोरोना भाइरस कुनै सतहमा कति समयसम्म रहन्छ भन्नेबारेमा पूर्ण जानकारी प्राप्त भइनसकेको उल्लेख छ ।
