
पूर्णपुष्टि, कार्तिक ७
कुकुरको टोकाइबाट एकै दिन खोटाङमा १५ जना घाइते भएका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा कुकुरले १५ जना घाइते भएका हुन् ।
कुकुरका टोकाइबाट घाइते भएका मध्ये दुई जनालाई थप उपचारका लागि शुक्रराज सरुवा रोग अस्पताल टेकु रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. वैभव मल्लिकले बताउनुभयो ।
उहाँका अनुसार अरु १३ जना हप्ता दिनभित्र तीन डोजको एन्टी रेबिज खोप लगाउने गरी पहिलो खोप लगाएर फर्किएका छन् । कुकुरले दिक्तेलको रत्नपार्कबाट हाटडाँडासम्म कुद्दै टोक्दै गरेको घाइतेले बताएका छन् ।
