Wednesday, May 6News That Matters

कुटपिट गर्ने प्रहरी निलम्बन गरिने

भदौ १२ गते ।

जनकपुरको युवा अभियान्ता सुशिल कर्णलाई कुटपिट गरेको छ । फुटपाथमा नरिवल बेच्ने युवकलाई प्रहरीले कुटपिट गरेको भिडियो खिचेर सार्वजनिक गरेको भन्दै प्रहरीले कर्णलाई कुटपिट गरेको थियो ।

दिउँसो जानकी चोकमा नरिवल बेचिरहेका जनकपुरधाम उपमहानगरपालिका – ४ निबासी १९ वर्षका युवक रोशन चौधरीलाई जानकी मन्दिर परिसरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले कुटपिट गरेको थियो ।

चौधरीलाई प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको केहि समयमा अभियन्ता कर्णलाई पनि प्रहरीले ज्यादतीको गरेको थियो । कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग गर्दै स्थानीयले नारावाजी गरेको थियो ।

जानकी मन्दिर परिसरमा रहेको पर्यटक प्रहरीका ईन्चार्ज विरेन्द्रकुमार यादवले कर्णलाई चौकीमै बोलाएर कुटपिट गरको थियो ।

कर्ण र चौधरीमाथि भएको दुव्र्यवहार तथा कुटपिट गर्ने पर्यटक प्रहरी इन्चार्ज यादव र प्रहरी जवान प्रेमशंकर यादवलाई कारवाही प्रक्रिया अघि बढाउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ईन्चार्ज यादव र प्रहरी जवान यादवलाई निलम्बनका लागि सिफारिस गर्ने र थप कारवाहीका लागि प्रक्रिया अगाडी बढाउने कार्यालयले जनाएको छ ।