Wednesday, May 27News That Matters

कुटपिटबाट १ जनाको मृत्यु

मोरङ, माघ १४ गते । 

मोरङको धनपालथानमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । धनपालथान गाउँपालिका–४ निबासी ३८ बर्षीय बिशुनदेव मुखियाको मृत्यु भएको हो ।

गत माघ ४ गते स्थानीय एक होटलमा मादक पदार्थ सेवन गरी भएको बादबिबाद र कुटपिटबाट घाईते भएका मुखियाको बिराटनगरका न्यूरो अस्पतालमा उपचारको क्रममा सोमवार राती साँढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटमा संग्लग्न रहेका सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कुटपिटमा संग्लग्न स्थानीय ३० बर्षीय धनिराम मुखिया, २० बर्षीय हरिओम महतो, ३५ बर्षीय मणी चन्द्र महतो, ६१ बर्षीय रामबिलास महतो र ३२ बर्षीय शंकर महतोलाई ईलाका प्रहरी कार्यालय रङगेलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै कुटपिटमा संग्लग्न १८ बर्षीय किसन महतो र १५ बर्षीया जमुनाकुमारी महतो सामान्य घाईते भएकाले प्रहरी चौकी कर्सियाको निगरानीमा स्थानीय मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।