
पूर्णपुष्टि,फागुन १४ । नेपाली सांगितक दुनियाँमा आवाजको माध्यमबाट लाखै श्रोताको मन जिन्त सफल गायिका कुन्ति मुक्तानको सुमधुर स्वरले उदयपुर गाईघाट गुन्जयमान बनेको छ । शनिवार बोक्सेको रत्न होटलमा उपहार एफ.एमले पाचँ वर्ष पुरा गरेको अवसरमा आयोजना गरेको म्युजिक अवार्ड कार्यक्रममा आफ्नो गित प्रस्तुत गर्दा सयैँ दर्शकहरू छमछमी नाचाएको थियो ।
उदयपुरमा आयोजित जिल्लाकै पहिलो पल्ट म्युजिक अवार्ड कार्यक्रमको मुख्य कलाकारको रुपमा उपस्थित भएका सफल गायक तथा संगितकार शिला बहादुर मुक्तान र आवाजको धनी कन्ति मुक्तानले आफ्नो प्रस्तुती दिदैँ कार्यक्रममा उपस्थित दर्शकलाई झम झम नचाएको थियो । संगितकार शिला बहादुर मुक्तानले आफ्नै संगित रहेको ‘सबै कुरा भन्दा नी पौसै ठुलो छ’ भन्ने गित प्रस्तु गरेका थिए । उक्त गितमा सयौँ दर्शकले मनोरञ्जन लिएका थिए ।

यता कन्ति मुक्तानले पहिलो र दास्रो गरी दुईवटा गित प्रस्तुत गर्नुभएको थियो । पहलो गित ‘माथि माथि सैलुङगेमा गुराँस फुलाउनेलाई’ बोलको गितमा निकै दर्शकको जमात देखिएको थियो । दोस्रो गित ‘भन्छन कोहि जिन्दागियो…’ भन्ने गित प्रस्तुत गर्दा सयौँ दर्शकले स्टेसमै आएर नृत्य प्रस्तु गरे । नेपाली दर्शकले निकैनै रुचाईएको उक्त गित कार्यक्रम हलमा उपस्थित दर्शकले पुन सोहि गित गाउँन गायीका मुक्तानलाइ अनुरोध गरे । दर्शकको अनुरोधपछि गायीकाले पुन सोहि गित गाउँदै सयौँ दर्शकलाई मनोरञ्जन गराएको थियो ।
