
पूर्णपुष्टि, बैशाख ४ गते ।
कुवेतमा रहेका विदेशी नागरिकका भिसा अवधि सकिएकालाई तीन महिनाको भिसा स्वत थपिने भएको छ । मार्च १ देखि ३१ मेसम्मका लागि कुवेतको आवासीय भिसा स्वत थप हुने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको हो ।
यो नियम कुवेतमा रहेका तथा आवासीय भिसा सकिएका सबैमा र प्रवेश भिसामा कुवेत गएर कुवेतको आवासीय भिसा सकिएकाको हकमा पनि लागू हुने जनाईएको छ ।
