Tuesday, June 9News That Matters

कैलालीमा फेरि सामूहिक बलात्कार

पूर्णपुष्टि,कार्तिक १६

कैलालीमा २ बालिकालाई ९ जनाले सामुहिक बलत्कार गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिकासँग जोडिएको जानकी गाउँपालिका–५ अमौरीमा १३ र १४ बर्षीया बालिका सामुहिक बलात्कारमा परेका हुन् ।

जानकीका चार बालिका आफ्नै गाउँको अर्को टोलमा नाचगान हेरेर फर्कंदै गरेको अवस्थामा ९ जनाको समूहले उनिहरुलाई बलत्कार गरेका हुन् ।

चार जना मध्य २ जनालाई साथीकी बहिनी भनेर छाडेर दुई जनालाई भने बन्धक बनाएर सामान्य कुटपिट समेत गरी सामुहिक बलत्कार गरेका हुन् ।

उनिहरुलाई खेतमा रहेको परालको थुप्रोमा लगी पालैपालो बलात्कार गरेको प्रहरी अनुसन्धान बाट खुल्न आएको छ ।

आफ्ना साथीलाई खेतमा लगेर बलात्कार गरिरहेको देखेर बन्धक रहेकी एक बालिकाले घरमा एसएमएसमार्फत घटनाको जानकारी गराएपछि । परिवारले वडाध्यक्षलाई खबर गरे । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई घटनाकै राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी–५ का १८ वर्षीय कृष्ण नगरकोटी र २२ वर्षीय मनोज चौधरी तथा लम्कीचुहा नगरपालिका–१ भुरुवाका १९ वर्षीय धीरेन्द्र विष्ट, १९ वर्षीय नरेश चौधरी, १८ वर्षीय रमेश शाही, १८ वर्षीय सत्यम रावल, २० वर्षीय रामबहादुर चौधरी र २१ वर्षीय महेश चौधरी छन् । १८ वर्षीय चन्द्र शाही फरार रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन घिमिरेले बताउनुभयो ।

टोली घटनास्थल पुगेपछि सामूहिक बलात्कारमा संलग्न युवा फरार भएका थिए । तर घटनास्थलबाट पीडितलाई उपचारका लागि अस्पताल पु¥याइएको थियो ।

सामूहिक बलात्कारमा परेका दुई बालिका शारीरिक तथा मानसिक पीडामा रहेको परिवारले जनाएको छ । उनीहरू घरबाट निस्कने अवस्थामा समेत नरहेको परिवारको भनाइ छ ।

सामूहिक बलात्कार घटनाको कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताएउनुभयो । उनका अनुसार घटनास्थलको मुचुल्का तयार पारिएको र आइतबार अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइनेछ । फरार एक जनाको खोजी भइरहेको छ ।